
असोज २८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आज आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पुर्वमा पेट्रोलको मूल्य प्रतिलिटर रु १६९ रुपैयाँ ५० पैसा र डिजेल मट्टितेल को मुल्य प्रति लिटर रु १६५ रुपैयाँ ५० पैसा पर्नेछ भने काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

