रबिन्द्र बराल
माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत उक्त ठाउँमा पुल निर्माण हुन सकेकाे छैन । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँ मा पुल निर्माणकार्य का लागि ठेक्का पाएकाे थियोे । उक्त कम्पनी ले उक्त पुलकाे ३ फिट मुनि बाट पिलरकाे काम गरेता पनि ६ बर्ष बितिसक्दा समेत पुल काे १ प्रतिशत समेत काम भने भएको छैन । डाइभ्रेसन समेत राम्रो नहुदा स्थानीयलाई आवतजावत मा समस्या हुदै आईरहेकाेे छ । सिंहदरबार काे अधिकार गाउँमा पुगेको पनि ३ बर्ष पुगेता पनि जनताले पुल निर्माण भएको भने हेर्ने पाएका छैनन् । अहिलेसम्म पुल बनाउने ठेक्का लिएर छाडेको ठेक्केदार लाई कुनै कार्वाही भने हुन सकेको छैन । सरकारले विभिन्न कन्ट्रकसन हरु लाई काम नगरेका लाई कार्वाही गरेता पनि सराउद्विन जेवि लाई भने ६ बर्ष देखि अलपत्र छाडेको भएता पनि सरकारले अहिलेसम्म पनि किन कार्वाही गर्ने नसकेको स्थानीयले बताए ।
सडक डिभिजन कार्यलय माेरङ का प्रमुख पशुपति ज्ञवाली का अनुसार नेपाल सरकारले काम नगरेर बसेकाेे अवस्थामा सार्वजनिक नियम खरिद नाै सम्साेधन मा एक पल्टकाे लागि सबै राज्यले एक पल्ट काे लागि समय दिएकाे हुनाले गेउरिया पुल काे निर्माणकार्य का लागि पुस मसान्तसम्म का लागि समय दिएकाे र असाेज साता देखि काम सुुरु गर्ने र अब पनि काम सुरु नगरेमा उक्त कम्पनी लाई कालाे सुचिमा राख्ने समेत चेतावनी दिएकाेे ज्ञवालीले बताए । दैनिकी सयौं सवारीसाधन हरु आवतजावत गर्ने साे सडक मा अहिले पुल निर्माण नहुदा यात्रु हरुले समस्या झेल्दै आईरहेका छन । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरी काे सडक कालोपत्रे गर्नेकाम काे अन्तिम चरणमा पुगेता पनि गेउरीया पुल भने बन्न सकेको छैन ।
अहिले रंगेली नगरपालिका भित्र काे ६ किलोमिटर सडक मा कालाेपत्रे काे काम असाेज भित्र मा सम्पन गरिने र फुटपात काे काम दुई महिना भित्र सम्पन्न गरिने लामा डाँफे द कन्चनजंधा कन्ट्रसन का प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पा ले बताए । उक्त सडक ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हाे । पिच गरिएको दायाँ बायाँ २ मिटर ग्राभेल लगाई सकेको छ । २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि काेराना भाईरस का कारणले गर्दा काम भने सम्पन्न हुन ढिलाइ भएको लामा ले बताए । कानेपाेखरी देखि रंगेली सम्म २५.४ किलोमिटर लम्बाईको योजनामा कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लागेको थियो ।