पुस्तकालय प्रकरण  ; गौरीगञ्ज दर्पणले घटना बाहिर ल्याएपछी समिती गठन स्थगित

पढ्न समय: 3 मिनेट

गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकीय अधिकृतको मिलेमतीमा गौरीगञ्ज वडा नँ ६ स्थित श्री त्रिभुवन आदर्श पुस्तकालयमा नियम बिपरित वडा कार्यालयले हस्तक्षेप गरेको बारे गौरीगञ्ज दर्पण डटकमले लगातार समाचार प्रकाशित गरेपछी वडा कार्यालय पछी सरेको छ । वडा नँ ६ ले आज साँझ एक सुचना प्रकाशित गरि मँसिर १४ गते आफुले सो पुस्तकालयको तदर्थ समिती गठनका लागि आब्हान गरेको सुचना हाललाइ स्थगित गरेको जनाएको छ ।

सो पुस्तकालयमा अध्यक्ष फुलबती राजवँशी प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा र वडाध्यक्ष बद्री नारायण यादबको ऐन बिपरित गतिबिधि बारे गौरीगञ्ज दर्पण डटकमले लगातार समाचार प्रकाशित गरेको थियो । घटना बाहिरिएपछी स्थानिय अगुवा श्याम ढकालले जिल्ला प्रसाशन कार्यालय झापामा उजुरी गरेका थिए । उजुरी सुनुवाइ गर्दै जिल्ला प्रसाशन कार्यालयले गौरीगञ्ज गाउँपालिका सँग घटनाको सम्पुर्ण बिबरण माग गरेपछी आफु चोखिन हिजो वडाध्यक्ष बद्री नारायण यादवले कागजात लुकाएर बिज्ञप्ती जारी गरेका थिए ।

- Advertisement -
Ad image

वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव द्वारा हस्ताक्षरित बिज्ञप्तीमा सो पुस्तकालयको जग्गामा कुनै पनि ब्यक्तीलाइ घर सँरचना निर्माण गर्ने कुनै पनि आधिकारिक पत्र नदिएको कुरा लेखीएको छ । उनले समाचारको खण्डण गर्दै सो समाचार कपोलकल्पित रहेको बताएका थिए ।

तर प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा र सो जग्गामा घर बनाउन सिफारिस पाएका ब्यापारी चन्द्र प्रसाद नायकका छोरा राहुल नायकले वडाध्यक्ष यादबले पुस्तकालयको जग्गामा बिना प्रतिस्पर्धा सँरचना बनाउन सिफारिस दिएको स्विकारी सकेका छन् । वडाध्यक्षको सिफारिसमा सो पुस्तकालयको जग्गामा घर बनाउन ब्यापारी चन्द्र प्रसाद नायकले बालुवा गिटी झारेपछी घटना बाहिरिएको थियो ।  

स्थानिय सरकार सँचालन ऐन २०७४ को दफा १६ को उपदफा ४ ख को नियम ३ मा पालिका भित्रका गैर सरकारी सँघ सँस्था हेर्ने अधिकार उपाध्यक्षको हुने स्पष्ट ब्यवस्था हुदा हँदै नियम बिपरित गाउँपालिका अध्यक्ष फुलबती राजवँशी र प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापाले गोप्य बैठक बसी गत ५ गते सो पुस्तकालयको ब्यवस्थापनको जिम्मा आफ्ना बिश्वासपात्र बद्री नारायण यादबको पोल्टामा पर्ने गरि वडा नँ ६ लाइ अनधिकृत पत्र लेखेका थिए ।  सोहि पत्रलाइ टेकेर वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादबले आफ्ना निकटका ब्यापारीलाइ बिना प्रकृया घर बनाउने सिफारिस दिएका थिए । गौरीगञ्ज दर्पण डटकमले घटना सतहमा ल्याएपछी वडा नँ ६ ले सो सिफारिस लुकाएर आफु चोखिन बिज्ञप्ती निकालेको थियो । घटना बारे समाचार प्रकाशित भएपछी वडाध्यक्षकै निर्देशनमा ब्यापारी चन्द्र प्रसाद नायकले सो स्थानमा झारेको बालुवा गिट्टी हटाएको छ ।

पालिका भित्रको सँघ सँस्था हेर्ने अधिकार पालिकाका उपाध्यक्षको हुने स्पष्ट कानुन हुँदा हुदै कानुन बिपरित वडाध्यक्ष यादबले मँसिर १४ गते सो पुस्तकालयको नयाँ समिती गठनका लागि सुचना समेत जारि गरेको थियो ।

जिल्ला प्रसाशन कार्यालयबाट घटनाको बिबरण माग भएपछी गाउँपालिकाले वडा कार्यालयलाइ समिती गठनबारे निकालेको सुचना स्थगन गर्न पत्राचार गरेको श्रोतले जनाएको छ ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्