पुर्व वडाध्यक्ष महतो दुर्घटनामा घाइते

पढ्न समय: 1 मिनेट


चैत ३ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ का पुर्व वडाध्यक्ष मखना महतो दुर्घटनामा परी घाइते भएका छन् । शनिबार साँझ ७ बजेतिर महतो इभिनिङ वाकमा हिडेको बेला पछाडी बाट आईरहेको सिटि सफारीले ठक्कर दिदा महतो घाईते भएका हुन् ।


गौरीगञ्ज चोकबाट खजुरगाछी तिर पैदल जादै गरेका महतोलाई एनआईसी एसिया बैंक अगाडि गौ न पा ई २२ नँबरको सिटि सफारीले पछाडीबाट ठक्कर दिदा उनि घोप्टो परेर पिच सडकमा लडेका थिए । महतोको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाईतेलाई उपचारका लागि बिराटनगर पठाएको तथा सिटी सफारी र चालक श्याम राजवँशीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्