साउन १२, गौरीगञ्ज । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले गाउँ कमिटी गौरीगञ्जले ध्यानाकर्षण पत्र बुझाएको छ । खजुरगाछी स्थित शिवालय मन्दिर को सभाहलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम मा पार्टीको तर्फबाट गाउँ कमिटी सचिव श्रवण गिरी ले ध्यानाकर्षण पत्र बुझाएको हो । सचिव गिरी द्वारा हस्ताक्षरित पत्रमा कन्काई, रतुवा र लेरा पुल निर्माण चाँडो सम्पन्न गराउन, गौरीगञ्ज – अल्ताबारी सडक को ठेकेदार लाई कारवाहीको दायरामा ल्याई सो बाटो चाँडो सम्पन्न गराउन लोकसेवा अतिथि सदनको जग्गामा भुमाफियाहरयको चलखेल भएकोमा सो जग्गाको उचित सम्बोधन तथा आठमौजा छोटी भन्सार कार्यालय को स्तरोन्नति का लागि ध्यानाकर्षण गराएको उल्लेख छ ।

यस बाहेक वडा नँ ३ को वडाध्यक्ष को हैसियतले सचिव गिरी ले वडाका लागि गौरीया र किस्नी खोलाको तटबन्ध, वडाको बसपार्क को ब्यवस्थापन, स्मार्ट सिटीको अधुरो कामको निरन्तरता, हुकागाछी बेलडाँगी सडकको स्तरोन्नति सहित कालोपत्रे लगायतका योजनाका लागि समेत ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षण पत्र बुझेर सम्बोधन गर्दै ओलीले रतुवा पुल को बारेमा अहिले का गठबन्धन सरकारले ध्यान नदिएको र भारत सकारात्मक नदेखिएका ले गौरीगञ्ज फतेहपुर नाका सञ्चालन हुन नसकेको बताए । अतिथि सदनको जग्गामा भएको चलखेल लाई समेत पार्टी ले गम्भिरता पुर्वक लिएको बताए ।

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गोविन्द कुँवरले अध्यक्षता गरेका थिए ।
गौरीगञ्ज गाउँपालिका की उपाध्यक्ष पुजन न्यौपाने कुँवर ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम मा जिल्ला अध्यक्ष दिपक कार्की, प्रदेश साँसद हिक्मत कार्की, प्रदेश सदस्य हृदय ठाकुर , बिजय अग्रवाल तथा एमाले बाट निर्वाचित गौरीगञ्जका जनप्रतिनिधि हरुको उपस्थिति थियो।‌