कार्तिक २८¬¬¬ गौरीगञ्ज । पुर्व नेपाल बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडको गौरीगञ्ज सेवा केन्द्रको २२ औँ साधारण सभा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी सँघका कोषाध्यक्ष अर्जुन दँगालको प्रमुख आतिथ्यता र लिलाबहादुर कार्कीको अध्यक्षतामा भएको साधारण सभामा सहकारीका उत्कृष्ट बचतकर्ता तथा उद्यमीहरुलाइ सम्मान समेत गरिएको थियो ।

उपस्थित


सहकारीमा उत्कृष्ट कारोबार गर्ने देवराज ताजपुरिया गौरसिँह ताजपुरिया र रामकुमार साहलाइ सम्मान गरिएको थियो भने क्रमिक बचत गर्ने उत्कृष्ट वचतकर्ताहरु गिता बिष्ट उमा राइ र राधा महतो सम्मानित भएका छन् । त्यसै गरि उत्कृष्ट उद्यमी तर्फ निर्मला सुब्बा र नारायण प्रसाद साह सम्मानित भएका छन् । साधारणसभाकै अबसरमा सहकारीले कोपिला बचत तर्फ उत्कैष्ट बचत गर्ने १३ जना बालबालिकाहरुलाइ समेत सम्मान गरेका छन् । उत्कृष्ट कोपिला बचत तर्फ एलिसराज महतो सौगात कार्की सभ्यम् बस्नेत शास्वत राजवँशी एलिसा महतो सिम्रन दास धारणा आचार्य मन्नत दास गरिमा आचार्य बिदिसा हलवाइ अपेक्षा दाहाल निकिता तिम्सिना र सुवानी थापा लाइ सम्मान गरिएको छ । त्यसै गरि सँस्थाले जेष्ठ नागरिक बिष्णु बहमदुर कार्कीलाइ समेत सम्मान गरेको छ ।