पुर्व नेपाल सहकारीको २५ औँ इकाइ साधारण सभा सम्पन्न

पढ्न समय: 1 मिनेट

पुस १६ गौरीगञ्ज । पुर्व नेपाल सहकारी सँस्था लिमिटेडको २५ औँ इकाइ साधारणसभा सम्पन्न भएको छ । गौरादह ८ स्थित प्रभुधाम सेवा सदनमा सो कार्यक्रम सम्पन्न भएको हो । गौरीगञ्ज र गौरादह सेवाकेन्द्रलाइ केन्द्रित गरि सो इकाइ साधारणसभा सम्पन्न भएको हो । लिलाबहादुर कार्कीको सभापत्त्व र गौरीगञ्व ३ का वडाध्यक्ष श्रवण गिरीको प्रमुख आतिथ्यताका सम्पन्न साधारण सभामा सँस्थाको बार्षिक प्रतिबेदन अध्यक्ष प्रेम सापकोटाले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिबेदन लेखा समिती सँयोजक गोपाल प्रसाद भट्टराइले प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार सँस्थाले गएकमो आर्थिक बर्षमा रु १२ करोड २४ लाख ४८ हजार ७३४ रुपैया खुद नाफा गरेको देखिएको छ ।

- Advertisement -
Ad image

सँस्थाको साधारणसभाको अबसरमा सँस्थाले उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी उत्कृष्ट बालबचतकर्ता लगायत गरि २० जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्