पुर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

पढ्न समय: 1 मिनेट

वैशाख १२, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शैक्षिक संस्था हरुका पूर्व निर्धारित सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिए । एसईई परीक्षाको सँबन्धमा भने कुनै निर्णय नगरेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्