फागुन २७, गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ महाभारामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना सँबन्धी एकदिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र को प्रमुख आतिथ्यता तथा वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी को सभापतित्वमा सम्पन्न भएको कार्यशाला गोष्ठी मा स्वास्थ्य स्वयंसेविका हरु, बिभिन्न बिद्यालयका प्रतिनिधि शिक्षक शिक्षिका हरु, जनप्रतिनिधि हरु तथा स्वास्थ्य कर्मी हरुको उपस्थिति रहेको थियो ।