गौरीगञ्ज, २४ भदौ । गौरीगञ्ज गाउँपालिका बाट हल्दिबारी गाउँपालिकासरुवा भएका प्रमुख प्रसाशकीय अधिकृत प्रबिण दाहालको बिदाइ तथा गौरीगञ्ज गाउँपालिकामा नयाँ आएका प्रमुख प्रसाशकीय अधिकृत राजु दाहाललाइ स्वागत गरिएको छ । गाउँपालिका को सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यकारी अधिकृत द्वयको स्वागत तथा बिदाइ गरिएको हो । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ तथा उपाध्यक्ष दिपेन्द्र थापाले इलाका प्रसाशन कार्यालय बाट सरुवा भइ गौरीगञ्ज गाउँपालिका आएका नयाँ प्रमुख प्रसाशकीय अधिकृत राजु दाहाल लाइ खादा ओढाएर स्वागत तथा सरुवा भइ जान लागेका प्रमुख प्रसासकीय अधिकृत प्रविण दाहाल लाइ रवाना पत्र र मायाको चिनो हस्तान्तरण गरि बिदाइ गरिएको थियो ।
कार्यक्रममा कर्मचारी, वडा सदस्यहरु र कार्यपालिका सदस्यहरु उपस्थित रहेपनि वडाध्यक्ष हरु कार्यक्रममा उपस्थित भएनन् । गत आइतबार कार्यपालिका बैठकमा प्रमुख प्रसासकीय अधिकृत प्रबिण दाहाल र वडाध्यक्ष हरु बिच बिबाद भएको थियो ।
कार्यक्रममा स्वागत तथा बिदाइ मन्तब्य राख्दै वडासदस्य उदिम राइ र कार्यपालिका सदस्य जेठा मुर्मुले बिदाइ तथा स्वागत मा वडाध्यक्षहरु अनुपस्थित हुनुले खल्लो पानाको महसुस भएको बताए । कर्मचारी र जनप्रतिनिधिहरु आपसि मनमुटाब भुलि मिलेर जनताको सेवामा लाग्नु पर्नेमा त्यसो नभएको बताए । कर्मचारीहरुका तर्फबाट लेखा फाँट की शुष्मा कोइरालाले र शाखा प्रमुखहरुका तर्फबाट स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले स्वागत तथा बिदाइ मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण शाखाअधिकृत बिरेन्द्र खड्काले गरेकाथिए ।
अध्यक्ष श्रेष्ठ तथा उपाध्यक्ष थापाले बिदाइ भएका अधिकृतको कार्य मुल्याङ्कन गर्दै १० महिने कार्यकालमा जनताको सेवाका काममा आफुहरुले भरपुर साथ र सहयोग पाएको बताए तथा नयाँ अधिकृतको कार्य सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
त्यसै गरि नयाँ आएका प्रमुख प्रसासकीय अधिकृत राजु दाहालले आफ्नो क्षमता अनुसार जनताको मन जित्ने गरि सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । गौरीगञ्जबाट बिदाइ भइ हल्दिबारी सरुवा भएका अधिकृत प्रबिण दाहालले जाँदाजाँदै आफुमाथि लागेका आरोपहरुको खण्डन गरेका छन् ।
उनको मन्तब्यको भिडियो हेर्नुहोस –
पुराना कार्यकारी अधिकृतको बिदाइ : नयाँ लाइ स्वागत
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्