रबिन्द्र बराल
माेरङ काे कानेपाेखरी गाउँपालिका वडा नम्बर ३ स्थित पुतली चाैकमा वैशाख २० गते सिता भनिने पुतली खवास मकै बारीमा मा मृत अवस्थामा फेला परेकि थिईन । १६ बर्षकि खवास काे मृत्यु भएको एक महिना हुनै लाग्दा समेत प्रहरी ले अनुसन्धान मा बेवास्ता गरेको भन्दै न्याकाे खाेजिमा उनको परिवार पत्रकार सामु आईपुगेका छन । मृतका ठुलाेबुवा शिवचरण चाैधरी काे अनुसार उनकी छाेरी स्थानीय प्रकाश खड्का काे मकै वारि मा मृत अवस्था भेटिएको महिना दिन बितिसक्दा समेत ईलाका प्रहरी कार्यलय पथरी र जिल्ला प्रहरी कार्यलय माेरङ ले अनुसन्धान मा बेवास्ता गरेर पिडित लाई न्या दिनुकाे साटाे अझै पीडा दिएकाे बताएका छन । उनलेे भने मकै वारी मा घाेप्टाे अवस्थामा भेटिएको लास लाई प्रकाश खड्काले आफ्नै आँगनमा लास ल्याएकाे बताए । घर देखि ३ सय मिटर टाढा मा रहेको मकै बारीमा मृत अवस्थामा फेला परेको तर साे खेतमा ६ ईन्चि जति मात्रै पानी रहेको तर प्रहरीले भने पानिमा डुवेर मृत्युु भएको जवाफ दिए पछि आफुले न्याय नपाएको दुखेको पाेखेका छन । उनलेे भने १६ बर्ष काे उमेर सम्म छाेरी काे कुनै पनि दिर्घ राेग हरु नभएको हुनाले उनकाे हत्या भएको आराेप लगाएका छन । उनले भने ३ बजे सम्म छाेरी ले खड्का परिवार काे गाई, बाख्रा ल्याएकाे, ४ बजे मकै बारीमै लास भेटिएको र प्रकाश खड्का आफैले कतै पानी मा पाे डुवेकाे छे कि समेत भनेको उनलेे बताए । पछि छाेरी को लास पानी मा नै मृत भेटिपछि थप आशंका बडेकाे ठुलाेबुबा शिवचरण ले बताए । मृतक युवती खडकाकाे घरमा कहिले काँही विहान वेलुका गाई बाख्रा खुटने ल्याउने काम गर्दै आइरहेकाे ठुलाे बुबा ले बताए ।
बैशाख २० गते साँझ ३:३० बजे हरियाे मकै पाेलीखान्छु भनेर मकै टिप्न गएकाे र ४ बजे साेही ठाउँमा मृत अवस्थामा फेला परेकि थिईन । मृतककाे परिवारका अनुसार सधै काम गर्न जान्थी कहिले दिदी त कहिलै बहिनी उसकाे भवितव्यं मृत्यु नभएर हत्या गरिएको उनका बुवा पन्च चाैघरी ले आराेप लगाएका छन। अहिलेसम्म प्रहरी राम्रो संग अनुसन्धान नगर्दा आफू हरुले न्याय नपाएकाे समेत बताए । मृतक का बुवा अनुसार प्रहरीले चाडाे भन्दा चाडै दाेसि पत्ता लगाएर कार्वाहीकाे माग समेत गरेका छन । पिडित परिवार ले मृत्यु भएको केही दिन पछि प्रकाश खड्कालाई पथरी प्रहरी कार्यलय जाउ भन्दा समेत उनी जान नमानेकाे हुनाले आफुहरु लाई थप आशंका उत्पन्न भएको आफन्त ले बताए । यता ईलाका प्रहरी कार्यलय पथरी का डिएसपी प्रकाश खड्का संग उक्त घटनाको बिषयमा जानकारी लिन खाेज्दा उनलेे भने उक्त घटाना काे अनुसन्धान जिल्ला प्रहरी कार्यलय माेरङ ले गरिरहेकाे भन्दै आफू पन्छिन समेत खाेजेका छन । माेरङ का डिएसपी मानवहादुर गुरुङ लाई टेलिफाेन मार्फत जानकारी लिदा उनलेे भने आफुहरु ले अनुसन्धान भईरहेकाे र पाेष्टमाट काे रिपोर्ट आउन बाँकी रहेको हुनाले रिपोर्ट आएपछि थप अनुसन्धान गरिने गुरुङले बताए ।
पुतली खवास मृत्यु काण्ड मा प्रहरीको फितलाे अनुसन्धान : पिडितले पाएनन् न्याय
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्