पिछडा बर्ग उत्थान सँघ गौरीगञ्ज को प्रथम साधारणसभा सम्पन्न

पढ्न समय: 1 मिनेट

फागुन १२ गौरीगञ्ज । पिछडा बर्ग उत्थान सँघ गौरीगञ्ज गाउँ कमिटीको पहिलो साधारणसभा सम्पन्न भएको छ । वडा नँ ६ खजुरगाछी स्थित शिवालय मन्दिरको सभाहलमा गोबिन्द यादबको सभापतित्वमा भएको साधारणसभामा प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपेन्द्र थापा लगायत जनमत पार्टीका केन्द्रिय सदस्य कौशिला महतो झापा इन्चार्ज बिजय ताजपुरिया पिछडा बर्ग उत्थान सँघ का केन्द्रिय सदस्य अमृत लाल महतो लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाइ दशरथ मुखियाले सहजिकरण गरेका थिए ।

- Advertisement -
Ad image

पहिलो साधारण सभा बाट उत्थान सँघको २१ सदस्यिय नयाँ गाउँ कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा गौबिन्द यादब उपाध्यक्षमा लक्ष्मी महतो र सचिबमा अमृतलाल महतो सर्वसम्मत बाट चयन भएका छन् । त्यसैगरि कमिटीको सह सचिबमा महेश मण्डल र कोषाध्यक्षमा सहदेब मुखिया बर्वसम्मत चयन भएका छन् ।
कमिटीका सदस्यहरुमा लक्ष्मी महतो दिनबन्धु चन्द्रबँशी आलखी हरिजन ज्ञानबती महतो मीना सरदार श्याम महतो देवकी कुमारी पार्वती महतो श्यामबती महतो पार्वती देवी महतो रिँकी देवी मुखिया उमेश महतो मनिता देवी मुखिया बिजय चन्द्रबँशी बेचन चन्द्रबँशी र मिथिलेश माझी सर्वसम्मत बाट चयन भएका छन् ।

gd
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्