पाडाजुँगी-गौरीगञ्ज सडक चार लेनको बनाउन प्रधानमन्त्री को ध्यानाकर्षण

पढ्न समय: 1 मिनेट

माघ २४, माघ । झापाको गौरादह नगरपालिकाले पाडाजुँगी गौरीगञ्ज सडक ४ लेनको बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ ।
गौरादह नगरपालिकाका उपप्रमुख गिता भेटवाल नेतृत्वको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सडक निर्माणको माग गरेको हो । नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार यो सडकमा सवारीको चाप बढेसँगै सडक चौडा गर्नुपर्ने अवस्था रहेको बताए । टोलीले गौरादह पोखरीको डिपीआर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । यो योजना गौरादह गौरवको योजना हो । यसैगरि स्कूलचौन, गौरादह सडकमा ड्रेन निर्माणका लागि माग गरिएको भण्डारीले बताए । प्रधानमन्त्री ओलीले सडक बिस्तार र पोखरी निर्माण प्राथमिकतामा राखिने आश्वासन दिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्