पाच लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

पढ्न समय: 1 मिनेट

पुस २, बारा । जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्की घुस सहित पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले रु ५ लाख घुस सहित नियन्त्रणमा लिएको छ।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए।

- Advertisement -
Ad image

घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्