पहिेको भन्दापनि बढि मतान्तरले चितवनमा रबि लामिछाने विजयी

पढ्न समय: 1 मिनेट

बैशाख १२, भरतपुर । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्।

- Advertisement -
Ad image

उनीहरूबीचको मतान्तर ४२९६२ छ। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन्।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए भने उनि त्यसबेला आफ्नो निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठ सँग झण्डै ३५ हजारको मतान्तरले बिजयी भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्