पहिलो पटक नेपालमा एकैदिन १ हजार भन्दा बढिलाइ सँक्रमण पुष्टी

पढ्न समय: 1 मिनेट

२ भदौ, काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ । सँक्रमणका कारण मृत्यु हुनेको सँख्या १ सय १४ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्