बैशाख १८ गौरीगञ्ज । यो बर्ष को पहिलो झरिमै झापाको गौरीगञ्ज मा एक नयाँ सडकको नाला नै डुबानमा परेको छ । गौरीगञ्ज अल्ताबारी सडकको नाला एक झर बर्षातमै डुबेको हो ।
गौरीगञ्ज चोकमै सो सडकको नाला माथि पानी जमेको हो । नाला नै साँघुरो बनाईएको र बनाई सकेपछी भित्र सफानै नगरि स्लाईड हालिएको ले पानीले निकास नपाएको कुरा स्थानिय हरुले बताएका छन् । ठेकेदार र जनप्रतिनिधि हरुलाई यसबारे बारम्बार सचेत गराउदा समेत कतैबाट सुनुवाई नभएको गुनासो उनिहरुको छ ।
सो सडक बामति भण्डार निर्माण सेवाले ठेक्का पाएको हो । निर्माणकै प्रकृयामा रहेको सो सडकको हुकागाछी खण्डमा समेत ठेकेदार कम्पनी ले नाला बनाउने नाममा झार्रा टार्ने काम मात्र गरेको स्थानीय हरुले आरोप लगाएका छन् । भुइमा ढलानै नगरि रड ढड्याएको र रड पनि एकदमै थोरै प्रयोग गरेको कुरा उनिहरुले बताएका छन् ।

तस्बिर – हृतिक रौनियार