पहिलो चरणमा गौरीगञ्जका सँक्रमितको सम्पर्कमा आएका ७४ जनाको स्वाब लिइयो

पढ्न समय: 1 मिनेट


५ भदौ झापा । बिहिबार गौरीगञ्जको समुदायस्तरमा एक जनामा कोरोना सँक्रमण पुष्टी भएपछी भदौ १ गते अघि सम्म सँक्रमितको सम्पर्कमा आएका ७४ जनाको आज स्वाब सँकलन गरिएको छ ।
हिजो बिहिबार सम्म सँक्रमितको सम्पर्कमा आएका करिब २ सय साठी जनाको पहिचान खुले पनि आज पहिलो चरणमा सँक्रमितको परिवार का सदस्य, उनको पसलका कर्मचारी र भदौ १ अघिसम्म सँक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरु गरि ७४ जनाको आज स्वाब सँकलन गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।‌ भदौ १ गते पछी सम्पर्कमा आएकाहरुको स्वाब आइतबार सँकलन गरिने कुरा मिश्रले बताएका छन् ।
सँकलित स्वाबहरु पिसिआर परीक्षणका लागि धरान पठाइएको स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले आज स्वाब दिनेहरु लाइ पिसिआर रिपोर्ट नआउञ्जेल सम्म होम क्वारेन्टाइन मा बस्न आग्रह गरेका छन् । बिहिबार मध्यरात देखि गौरीगञ्जमा निशेधाज्ञा जारी गरिएको छ ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्