परीक्षा शुरु भएको १० मिनेटमै बाहिरियो नेपाली विषयको प्रश्नपत्र

पढ्न समय: 1 मिनेट

चैत १६ सिराहा । सिराहामा एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । यद्यपी कुन परीक्षा केन्द्र बाट प्रश्न पत्र बाहिरिएको हो भन्ने यकिन नभएको बताइएको छ ।

- Advertisement -
Ad image

प्रश्न पत्र बाहिरिएपछि त्यसको तस्बिर खिचेर ह्वाटसएपमा छ्यापछ्याप्ती बनाइएको छ । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।

(रातोपाटी डटकमबाट )

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्