जेठ २१, गौरीगञ्ज ।‌ पतञ्जलि योग समिति र बाल क्लब आठमौजा सहकारी को सँयुक्त आयोजनामा गौरीगञ्जमा बृक्षारोपन गरिएको छ । वातावरण दिवसको पुर्व सन्ध्यामा शनिबार गौरीगञ्ज ६ खजुरगाछी स्थित हुलाकी सडक को डिभाईडरमा बृक्षारोपन गरिएको हो ।‌

हुलाकी सडक अन्तर्गत खजुरगाछी को महेन्द्र नगर चोक देखि थपलिया चोक सम्म को सडक डिभाइडरमा ५० वटा बिरुवा रोपिएको हो । बिरुवा हरुलाई छाडा चौपाया बाट सुरक्षित राख्न जाली को समेत व्यवस्था गरिएको छ भने बिरुवा रोप्नु पुर्व कम्पोष्ट मलको समेत प्रयोग गरिएको छ । बृक्षारोपन कार्यक्रम मा बालक्लव का सदस्य बालबालिका हरु तथा पतञ्जलि योग समिति का सदस्य हरु को सहभागिता रहेको थियो ।