जेठ ८ मोरँग । पछिल्ला दशवर्ष यता कोशी प्रदेशमा ३३ हजार ३०७ सवारी दुर्घटना भएका छन् । जस मध्ये १७ हजार ६ सय ९५ वटा मोटरसाइकलका दुर्घटनाहरु भएका छन् ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरको तथ्यांक अनुसार पछिल्लो दशवर्ष यता सवारी दुर्घटनामा परि चार हजार १६३ जनाले ज्यान गुमाएका छन् ।


दुर्घटनामा दश हजार ७१८ जना गम्भीर घाईते र २७ हजार ५७५ व्यक्ति घाईते भएका छन् । दुर्घटना हुने सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । दशवर्षको अवधीमा भएका दुर्घटनाका घटनामध्ये ५३ प्रतिशत मोटरसाइकल रहेका छन् । यो अवधीमा १७ हजार ६९५ दुर्घटना मोटरसाइकलका भएका हुन् ।
यसैगरी जीप कारको दुर्घटना भएको तथ्यांक छ । दशवर्षमा चार हजार २३ वटा दुर्घटना भएका छन् । समग्र दुर्घटना १२ प्रतिशत जीप कारको संख्या रहेको छ । यसैगरी साना सवारी ९ प्रतिशत छन् बस, ट्रक र ट्याक्टर, टेम्पो ६÷६ प्रतिशत दुर्घटना भएका छन् भने टिपर १ प्रतिशत दुर्घटना भएका छन् ।