रबिन्द्र बराल । माघ २५, रँगेली ।‌ न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले रंगेली मा दुई दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । रंगेली नगरपालीका काे सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समिति ले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयाेजक हरुलाई सहभागीता गराएकाे थियाे ।

कार्यक्रम मेलमिलाप समितिको संयोजक उपमेयर भुमा पराजुली, उजुरी प्रशासक प्रमुख पशुपति लाल दास, मेलमिलाप केन्द्र का सदस्य कमल प्रसाद राजवंशी, रूपा विश्वकर्मा, मनोज कुमार साह, खेमराज अधिकारी, तेजन लाल मण्डल , कैलाश प्रसाद मण्डल, मचिन्द्र कटुवाल, कार्यपालिका सदस्य यशोदा कोइराला , लगायत ९ वडा का न्यायिक समिती काे समेत उपस्थिति रहेकाे थियाे । वरिष्ट अधिवक्ता रुकमिणा दाहाल ले न्याक समितिले आगामी दिन हरु मा समेत अझै आम जनता काे माझ लागि मेलमिलाप बाटै समस्या काे सम्धान गर्ने समेत सुझाव दिएका छिन ।