चैत १४ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका को आर्थिक सहयोग मा नेबिसँघ ईकाई कमिटी गौरीगञ्ज क्याम्पस ले आयोजना गरेको दुई दिने आधारभुत उद्घोषण तालिम शनिबार सम्पन्न भएको छ । बिभिन्न सामुदायिक विद्यालय तथा उच्च माविमा अध्ययनरत विद्यार्थी हरुलाई लक्षित गरी सञ्चालन गरिएको सो तालिम बाट दुई दर्जन भन्दा बढी प्रशिक्षार्थी हरुको सहभागिता रहेको थियो ।‌ प्रशिक्षक द्वय हिमशिखर टेलिभिजन का सुदिप अधिकारी र गौरीगञ्ज दर्पण डटकम का मदन राजवँशीले सहजिकरण गतेको तालिममा मञ्चीय कार्यक्रम को उद्घोषणकला तथा मन्तब्य प्रस्तुतिकरण बारे प्रशिक्षण दिइएको थियो ।

तालिममा सहभागि


दुइ दिने प्रशिक्षण पछी प्रशिक्षार्थी मध्येका उत्कृष्ट ठहरिएका प्रशिक्षार्थी मनिष साहले तालिम समापन समारोह लाई उद्घोषण गरेका थिए ।

प्रशिक्षार्थीका तर्फबाट बोल्दै तालिममा सहभागी आकृति अधिकारी ले तालिमबाट आफु स्टेज कार्यक्रम सञ्चालन गर्ने सक्षम भएको बताएकाछन् । उनले आगामि दिनहरुमा यो भन्दा पनि एडभान्स तालिमको आयोजना गर्न आयोजकलाई सुझाब दिएकी थिइन ।‌

नेबिसँघ ईकाइ कमिटी गौरीगञ्ज क्याम्पस का सभापति कृष्ण दास बाबाजीको सभापतित्व र वडा नँ ३ का वडाध्यक्ष मखना महतो को प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा गौरीगञ्ज क्याम्पस का स्वबियु सभापति देब ताजपुरीया, नेबिसँघ ईकाई कमिटी का कार्यबाहक सभापति रोशन यादब लगायतको उपस्थिति रहेको थियो ।
सो तालिमको शुक्रबार उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा वडाध्यक्ष मखना महतो, वडा सदस्य हेमा आचार्य र कोचिला न्युज डटकम का सँपादक आत्माराम राजवँशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।