फागुन १३, गौरीगञ्ज । नेपाल शिक्षक संघ गौरीगञ्जको दोश्रो र तेश्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । बुधबार गौरीगञ्ज माबि मा एक कार्यक्रमको आयोजना गरि सभा सम्पन्न गरिएको हो ।

नेपाल शिक्षक संघ गौरीगञ्जका अध्यक्ष गोपाल प्रसाद ताजपुरिया को सभापतित्वमा तथा नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल को प्रमुख आतिथ्यतामा सम्पन्न प्रतिनिधिसभा मा नेपाल शिक्षक महासंघ झापा का उपाध्यक्ष बद्री कार्की, नेपाल शिक्षक महासंघ झापा का सचिव तोयानाथ दाहाल, नेपाल शिक्षक महासंघ झापाका सह सचिव हरिप्रसाद राजवंशी, नेपाल शिक्षक महासंघ झापाका सदस्य राजेन्द्र प्रसाइ, नेपाल शिक्षक महासंघ गौरीगञ्जका अध्यक्ष हरिलाल यादब, गौरीगञ्ज माबिका प्रअ गोबिन्द घिमिरे, खजुरगाछी माबिका प्रअ गहेन्द्र बिक्रम साह, आदर्श माबिका प्रअ लक्षमण राजवँशी र बालकल्याण माबि का प्रअ भिम कोइराला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बार्षिक आर्थिक प्रतिवेदन अध्यक्ष ताजपुरयले प्रस्तुत गरेका थिए भने कार्यक्रम मा लामो समयदेखि गौरीगञ्जको शिक्षा क्षेत्रमा योगदान पुर्याउनु हुने दुई जना सेवा निवृत्त शिक्षकहरुलाइ सम्मान समेत गरिएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याए वापत सेवा निवृत्त शिक्षकहरु मोतिलाल ताजपुरिया र रमेश न्यौपाने लाइ सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।