नेपाल शिक्षक संघ गौरीगञ्जको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । दोश्रो अधिवेशन बाट पुन: गोपाल प्रसाद ताजपुरिया को नेतृत्वमा पालिका स्तरिय समिति चयन भएको छ ।‌

समितिको उप-सभापतिमा प्रकासचन्द्र राजवंशी र दमयन्ती राजवंशी , सचिवमस सुबोध कुमार सिंह , अर्थ-सचिवमा बुलेन्द्र प्रसाद राजवंशी र-विष्णु प्रसाद राजवंशी , सह-सचिवमा राजेन्द्र भण्डारी रनर्मदा देवी कडरिया, समावेशी सह-सचिवमा असोक कुमार यादब र सुरेन्द्र कुमार राजवंशी तथा सदस्यहरुमा जित बहादुर राउत , जानकी कुमारी राजवंशी, भोला प्रसाद भण्डारी , ममता कुमारी सिंह , सुस्मा कुमारी यादब , आशा कुमारी राजवंशी , अञ्जु कुमारी यादब चयन भएका छन् ।‌

सँघका सभापति गोपाल प्रसाद ताजपुरिया को अध्यक्षतामा गौरीगञ्ज माविको सभाहलमा सम्पन्न भएको अधिबेशनमा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशी, वडाध्यक्ष कार्तिक लाल राजवँशी, पुर्व उपाध्यक्ष दिपेन्द्र थापा, नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेल, जिल्ला सचिव तोया दाहाल, अर्थ सचिव देबेन्द्र चन्द्र राजवंशी, सहसचिव कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो ।