फागुन २६, गौरीगञ्ज । नेपाली काँग्रेस को भातृ सँगठन नेपाल महिला संघ गौरीगञ्ज वडा नँ ३ को सँयोजकमा मीना श्रेष्ठ चयन भएकी छिन् । पार्टीको वडा सभापति यादव श्रेष्ठ को अध्यक्षता बसेको बैठकले मीना श्रेष्ठ को सँयोजकत्वमा गौरीगञ्ज वडा नँ ३ मा ५३ सदस्यीय महिला संघ गठन गरेको हो ।

पदभार ग्रहण गर्दै

सँघको वडा नँ ३ सह सँयोजकमा लीला गिरी र सिता कटुवाल लाई चयन गरेको छ भने सचिव पदका लागि कविता आचार्य र रिता गिरीलाई चयन गरेको छ । त्यसैगरि सहसचिव मा दिपा खत्री र सपना राई तथा कोषाध्यक्षमा गिता दास लाई चयन गरिएको छ ।

जिल्ला सदस्य साबित्रा कटुवाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सँघ गठन कार्यक्रम मा जिल्ला सदस्य हेमा आचार्य लगायतको उपस्थिति रहेको थियो ।