नेपाल बैँक लिमिटेड गौरीगञ्ज शाखाको सेवा अब आफ्नै भवन बाट

फागुन ८ गौरीगञ्ज । नेपालकै सबैभन्दा जेठो बैँक नेपाल बैँक लिमिटेडको गौरीगञ्ज शाखाले आज देखि आफ्नै भवनबाट सेवा दिने भएको छ । गौरीगञ्ज वडा नँ ६ खजुरगाछी स्थित साबिककै स्थानको आफ्नो भवनबाट आजदेखि सेवा शुरु गरेको हो ।

साबिक


गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले रिवन काटेर आज बिहान सो भवनको उद्घाटन गरेपछी बैँकले सेवा शुरु गरेको हो । आज बिहान एक औपचारिक कार्यक्रमको आयोजना गरि सो भबनको उद्घाटन गरिएको हो । शाखाका प्रवन्धक सञ्जय साहुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी नेपाल बैँक लिमिटेड प्रदेश १ का प्रमुख सुर्य प्रकाश भट्ट तथा राष्ट्रिय बिमा कम्पनीका सीइओ शेखर बराल लगायत बिभिन्न सँघ सँस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

gd


गौरीगञ्ज वजारकै पनि सबैभन्दा पुरानो सो बैँक शाखाको खजुरगाछी स्थित आफ्नो भवन २०७२ सालको भुकम्पबाट जिर्ण बनेपछी केहि बर्ष यता सो शाखा भाडाको भवनबाट सञ्चालन हुदै आएको थियो । साबिकको सो भवनको जिर्णोद्वार गरिएइपछी शाखाले आजदेखि साबिककै पुरानो भवनबाट सेवा शुरु गरेको हो ।

अघिल्लो लेखमाप्रजातन्त्र दिवसको अबसर पारेर खजुरगाछी बजारमा बिभिन्न कार्यक्रम हुने
अर्को लेखमामोरङ्गमा बोरा भित्र भेट्टियो एक महिलाको शव