नेपाल बैँक लिमिटेडद्वारा इलाका प्रहरी गौरीगञ्जलाइ बिभिन्न सामग्री हस्तान्तरण

पढ्न समय: 1 मिनेट

चैत ५ गौरीगञ्ज । नेपाल बैँक लिमिटेड गौरीगञ्ज शाखाले इलाका प्रहरी कार्यालय गौरीगञ्जलाइ आपतकालिन उद्दार सामग्री सहित बिभिन्न सामग्रीहरु सहयोग गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्राँगणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सो सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

- Advertisement -
Ad image


बैकले ३० थान प्लास्टिकको कुर्सी ४ थान फलामको बाल्टिन ४ थान प्रास्टिकको ठुलो डस्टबिन ४ थान सानो डस्टबिन २ थान अग्नी समन यन्त्र र २ थान हेलोजीन लाइट हस्तान्तरण गरेको छ ।
नेपाल बैँक लिमिटेडका कोशी प्रदेश प्रमुख सुर्यप्रकाश भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख चुँडामणी आपागाइ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अरबिन्द कुमार शाह नेपाल बैँक लिमिटेड गौरीगञ्ज शाखाका प्रबन्धक सञ्जय साहु वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्