पुस १७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको सहकार्यमा न्पाल बैँक लिमिटेड गौरीगञ्ज शाखाले डस्टबिन बितरण गरेको छ । सामाजिक दायित्व अन्तर्गत नेपाल बैकको शाखाले डस्टबिन बितरण गरेको हो ।
बैँकका शाखा प्रबन्धक सञ्जय साहुको सभापतित्वमा वडा नँ ३ को सभाहलमा भएको डस्टबिन बितरण कार्यक्रममा नेपाल बैँक लिमिटेडकाप्रदेश नँ १ प्रमुख सुर्यप्रकाश भट्ट, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबत्ती राजवँशी, उपाध्यक्ष पुजन न्यौपाने कुँवर, वडाध्यक्षहरु श्रवण गिरी, बद्री नारायण यादब इलाका प्रसाशन कार्यालय का प्रमुख चुँडामणी आपागाइ लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा बैँकका प्रदेश प्रमुख भट्टले ५० थान डस्टबिन गाउँपालिकाकी अध्यक्ष राजवँशीलाइ हस्तान्तरण गरेका थिए भने अध्यक्ष राजवँशीले २५/ २५ थान डस्टबिन वडाध्यक्षहरु गिरी र यादब लाइ दुबै वडामा वराबर पर्ने गरि हस्तान्तरण गरेका थिए । सो डस्टबिनहरु गौरीगञ्जको बजार क्षेत्रको फोहर ब्यवस्थापनका लागि बजार ब्यवस्थापन समितीहरुको सहकार्यमा मुख्य मुख्य स्थानमा राखिने कुरा आयोजकले बताएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष राजवँशीले गौरीगञ्जलाइ सुन्दर बनाउन सबै सँघ सँस्थाहरुले पालिका सँग हातेमालो गर्न आवश्यक रहेको र फोहर ब्यबस्थापनका लागि नेपाल बैँक लिमिटेडले देखाएको सदासयताका लागि धन्यबाद समेत ज्ञापन गरेका छन् ।