नेपाल बिद्यालय कर्मचारी परिषदले गर्यो आन्दोलनको घोषणा

पढ्न समय: 1 मिनेट

नेपाल बिद्यालय कर्मचारी परिषदले गर्यो आन्दोलनको घोषणा

बैशाख १९ काठमाडौं । सरकार र शिक्षक महाँसाघको बार्ताबाट असन्तुष्ट बनेका विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघविरुद्ध आन्दोलनको घोषणा गरेको छ । कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले आज एक बिज्ञप्ती प्रकाशित गर्दै आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । प्रकाशित बिज्ञप्ती अनुसार मिति बैशाख २१ गते देखि जेठ ३ गते सम्म कालो पट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने।जेठ ०४ गतेका दिन ७५३ ओटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने त्यस्तै जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने।

त्यस्तै जेठ ६ गते शिक्षा विकास तथा समन्वय इकाई ७७ ओटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझउने। जेठ ७ गतेकै दिन ७ ओटै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक बिकास मन्त्रालयमा बुझाउने । जेठ १० गते काठमाडौं स्थित माइतीघर मण्डला देखि सडक आन्दोलनमा सबै उपस्थित हुने। तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गरिने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ । शिक्षक महासंघको समापन कार्यक्रममा बिहीबार दुई पक्षबीच चर्काचर्की भएको थियो । 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्