नेपाल पहिलो पल्ट साफ च्याम्पियनसिप को फाइनल मा पुगेको छ । बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो । बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो ।

नवौँ मिनेटमा नै बँगलादेसका सुमोन रेजाले गोल गरे पछि नेपाली टोली लाई दवाब परेको थियो । खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पाएको थियो । ८८ औँ मिनेटमा नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरी गरे ।

४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।