२३ बैशाख, गौरीगञ्ज । मँगलबार कोरोना भाइरस (कोभिड १९) को ७ जना नयाँ सँक्रमित थपिएको कुरा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले केहि बेर अघि बिज्ञप्ति जारी गर्दै सो कुराको पुष्टी गरेको छ ।
नेपालगञ्ज ८ का २२, ३० र ४० बर्षका ३ जना पुरुष तथा सोहि ठाउँका ३२, ३४ र ५५ बर्षका महिला र एक जना ९ बर्षकि बालिकामा सँक्रमण पुष्टी भएको हो ।
भेरी अस्पताल नेपालगञ्ज को प्रयोगशालामा गरिएको परीक्षणबाट उनिहरुमा कोरोना सँक्रमणको पुष्टी भएको जनाइएको छ ।
यो सँगै नेपालमा सँक्रमितको सँख्या ८२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *