नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

पढ्न समय: 1 मिनेट

माघ १२, काठमाडौं ।केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । बिभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ ।

- Advertisement -
Ad image

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्