निशुल्क आँखा शिबिरमा भेट्टिए ४७ जना मोतिया बिन्दुका बिरामी

पढ्न समय: 1 मिनेट

चएत २१ गौरीगञ्ज । गौरीगञ्ज आधारभुत अस्पतालमा आयोजित १ दिने निशुल्क आँखा शिबिरमा ४७ जना मोतिया बिन्दुका बिरामी फेला परेका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोग र गौरीगञ्ज गाउँपालिकाको आयोजनामा भएको निशुल्क आँखा शिबिरबाट ३ सय ११ जना आॐका बिरामीहरु लाभान्वित भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।

- Advertisement -
Ad image

मेची आँखा अस्पतालका नेत्र बिशेषज्ञ कबिता कार्कीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीले शिबिरमा स्वास्थ्य सेवा प्रदान गरेका थिए । ४७ जना मोतिया बिन्दुका रोगी भेट्टिएपनि निशुल्क अप्रेशनका लागि ३८ जना बिरामी मात्र बिर्तामोड गएको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्