निर्वाचनको दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाईने

बैशाख २६, झापा । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले शनिवार एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ५ बजेदेखि साँझ ६ सम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासनले एम्बुलेन्स, दमकल, शववाहन, दुरसञ्चार सेवा, अस्पताल सेवा, विधुत सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण साधनहरु (निजी सवारी) बन्द हुने जनाएको छ ।

अघिल्लो लेखमाप्रचण्डको अभिव्यक्तिमाथि आयोगले छानबिन गर्ने
अर्को लेखमाभोलि मँगलबार पुर्व प्रधानमन्त्री ओलीले गौरीगञ्जमा सम्बोधन गर्ने