नापी कार्यालय भद्रपुरका कर्मचारी सहित ३ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पढ्न समय: 1 मिनेट

कार्तिक २४, झापा । जग्गा कित्ताकाट गर्न घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुरका कर्मचारी सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर, सुवाषचन्द्र यादव र बिचौलिया उमेश यादव विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

- Advertisement -
Ad image

जग्गा कित्ताकाटका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा उजुरी परेको थियो । अख्तियारको टोलीले उनीहरुको साथबाट ७० हजार नगद र ५५ लाख रुपैंयाको चेक बरामद गरेको हो । अख्तियारले उनीहरुमाथि एक लाख २५ हजार रुपैयाँ विगो माग दाबी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्