असार २२ गौरीगञ्ज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा सुटुक्क गौरीगञ्ज आएका छन् ।
शुक्रबार साँझ उनि गौरीगञ्ज वडा नँ ६ स्थित शिवालय मन्दिरमा आएर काँग्रेसका सिमित पदाधिकारी तथा कार्यकर्ताहरुसँग भेटघाट गरेको कुरा काँग्रेस का एक कृयाशील सदस्य ले बताए । काँग्रेसका स्थानीय पदाधिकारी तथा कार्यकर्ता हरुसँगको अनौपचारिक भेटघाट तथा कुराकानी पछी उनि फर्किएका छन् ।
कोशी प्रदेश को मुख्य मन्त्री का रुपमा उनि बिहिबार नियुक्त भएका थिए। उनको नियुक्ति बदर गर्न माग सहित आज शुक्रबार सर्वोच्च मा रिट दायर भएको छ ।