बैशाख २, गौरीगञ्ज । हिजो नयाँ बर्षको पहिलो दिन नै झापाको गौरीगञ्जमा मोटरसाइकल दुर्घटना भएको छ ।
गौरीगञ्ज बजारबाट खजुरगाछी तर्फ जादै गरेको बिआर ३७ डि ७०२० नम्बरको भारतीय मोटरसाइकल आफैं अनियन्त्रीत भई गौतिया पुलमा दुर्घटना हुदाँ चालक भारत अररिया जिल्ला थानासिक्टि पंचायत कुशहा बैरीयाका २३ बर्षिय गोपाल महतो र पछाडी सवार झापा गौरादह नगरपालिका ८ पानीटंकीका ४५ बर्षिय वृहस्पति महतो घाइते भएको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको विराटनगरमा उपचार भइरहेको जनाइएको छ ।