• जेष्ठ २२, २०७८
  • Madan Rajbanshi
  • 0

बिनिता निरौला ।

गौरादह/किसानले लगाएको भदै धानकाे मूल्य न्यून हुँदा किसान निराश भएका छन। धान लिएर चामलमा परिणत गरि बजारमा बिक्री गर्न निकाल्ने मिलले धान लिन आनाकानी गरेपछि धानकाे मुल्यमा गिरावट आएकाे ब्यापारी बताउँछन्। अधिकांश किसानकाे खेतमा अहिले भदै धान पाकेर पंहेलै भएकाे छ।धान बिक्री गर्ने समयमा धनाकाे मूल्य नहुदा किसान हताेत्साहि बनेका छन।

खाने अन्नका रुपमा प्रयाेग गरिने धान बालि किसानले फलाए पछि उचित मुल्यमा बिक्री हुनुपर्नेमा धानकाे भाउ कति छ भनेर ब्यापारी सँग साेध्दै हिड्नु परेकाे किसान बताउछन्।ब्यापारीलाई घानकाे मूल्य कति छ भनेर साेध्दा अहिले ६ सय ७० भएकाे बताउछन्।किसानलाई धान लगाए देखि उठाउने समय सम्मकाे लगानी जाेड्दा प्रतिमन त्याे भन्दा बढी भएकाे किसानकाे भनाइ छ।धानकाे मूल्य हेर्दा भुसकाे बराबर पनि मुल्यांकन नभएको किसानकाे ठहर छ।

धानबाट छुटाएर निकालिने भुसकाे मूल्य भन्दा केही बढी मात्र धानकाे मूल्य भएकाे छ। भुस ५ सय २० रुपैयाँ मन बिक्री हुन्छ भने धनाकाे मूल्य ६ सय ७० रहेकाे छ।तुलनात्मक रुपमा हेर्दा भुसकाे हाराहारीमा धानकाे मूल्य रहेकाे पाइन्छ। किसानले लगाएकाे बालिमा लगानी अनुसारकाे प्रतिफल नआउने भएपछि धान काट्न पनि मन मरेकाे गौरादह -२ का किसान ज्ञान बहादुर खड्का बताउँछन्। परम्परागत तरिकाबाट किसानहरुले खेती गर्न छाेडेर आधुनिक तरिकाबाट यन्त्रीकरण प्रबिधिबाट खेती गर्दा लागत मूल्य बढेकाे गौरादह -७ का किसान मित्र बहादुर बस्नेत बताउँछन्।

खेतीकाे सुरुवाती समय देखि बालि उठाउने समय सम्म आधुनिक उपकरणको प्रयाेग र बिचबिचमा लगाईने कामदार, मल, बिउका साथै किटनासक औषधि लगायतका खर्च जाेड्दा लगानी अनुसारकाे मूल्य नपाएको बस्नेत बताउँछन्। काेराेना भाइरस संक्रमणका कारण निशेधआज्ञा जारी गरिदा धानले उचित मूल्य नपाएको ब्यापारी बताउँछन्।काेराेना भाइरसका कारण आवत जावतमा राेक लगाउदा कामदारकाे अभाव खड्किदा मिलले सहज रुपमा धान नलिदा बिक्री हुन नसकेकाे ब्यापारी बताउँछन्।

किसानले लगाएकाे बालीले उचित मूल्य पाउनु पर्ने र किसानका लागि सकेसम्म राहात उपलब्ध गराउदै आएका गौरादहका ब्यापारी असाेक चुडालले धानकाे मुल्य कमी हुनुमा काेराेना भाइरस बाधक बनेकाे बताउँछन्। गौरादह उद्योग बाणिज्य संघका महासचिव समेत रहेका चुडालले किसानकाे खेत जाेत्ने, पाकेकाे बाली उठाउने र उचित मुल्यमा खरिद गर्ने बताएपनि आफुले बिक्री गर्ने ठाउँमा धान बिक्री नभएपछि किसानलाई उचित मूल्य दिन नसकेकाे चुडालकाे भनाइ छ।

गौरादह नगरपालिका वडा नं -२ काे धाेबिनियामा बिगत धेरै बर्ष अगाडि देखि धान खरिद बिक्री गर्दै आएका चुडालले किसानका खेतमा छरिएर रहेकाे धानलाई आफुले संकलन गरि मिलमा बिक्री गरेर आएकाे रकम किसानलाई दिने गरेकाे बताए। किसानले फलाएकाे धानमा बिचौलिया हाबी हुदा किसानले उचित मूल्य नपाएको गौरादह -२ का जनप्रतिनिधि समेत रहेका किसान उत्तम बस्नेत बताउँछन्।

खेतमा दु:ख गरेर धान फलाउने किसान धान खरिद गर्ने मिल सम्म पुग्न सक्दैनन्। किसानकाे धान पाक्नु अगाबै स्थानीय ब्यापारीहरुले ठुला मिल संग समन्वय गरि धान बिक्री गरिसकेका हुन्छन। पहिले नै धान बिक्री गरि सकेर नाफा कमाउन किसान सँग उनिहरुले धानमा बार्गेनिङ गर्दा उचित मूल्य नपाएको उनकाे भनाइ छ।