२२ असार, विराटनगर ।कोशी प्रदेश का नवनियुक्त मुख्यमन्त्री उद्धब थापाको नियुक्ति बदर गरी एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्तिको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कार्कीका तर्फबाट अधिवक्ता पवनकुमार निरौलाले दायर गरेको रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभामुख र मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको छ । रिटमा २१ असारमा नियुक्त मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई मान्यता नदिन अन्तरिम आदेश माग गरिएको छ ।

‘… प्रस्तुत रिटमा अन्तिम टुङ्गो नलागेसम्म्म प्रदेश विपक्षी १ (प्रदेश प्रमुख) को निर्णय यथास्थीतिमा राख्नु र विपक्षी २ (मुख्यमन्त्री) लाई कुनै पनि काम कारवाही गर्न नदिनु नदिलाउनु भनि अन्तरिम आदेश जारी गरी पाऊँ’, रिटमा भनिएको छ । थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभाको बहुमत नपुग्ने दाबी एमालेले गरेको छ ।