चैत २३, गौरीगञ्ज ।‌ गौरीगञ्जमा जारी अष्टयाम को ध्वनि प्रदुषणका कारण गौरीगञ्जका एक विद्यालय अष्टयाम अबधि भरका लागि बन्द गरिएको छ । चैत २२ गते बाट गौरीगञ्ज ३ स्थित दन्तकाली मन्दिर परिसरमा शुरु भएको ७२ घण्टे अखण्ड सँकिर्तन अष्टयाम समारोहको ध्वनि प्रदुषणका कारण मन्दिर कै अगाडि रहेको गौरीगञ्ज आधारभुत प्राथमिक विद्यालय २२ गते देखि ३ दिनका लागि बन्द गरिएको छ भने आयोजकले बिद्यालय परिसर भित्र टेन्ट लगाई भोज भतेर गरिरहेका छन् ।

बन्द। गरिएको बिद्यालय

बिद्यालय का प्रधानाध्यापक हरिलाल यादबका अनुसार बिद्यालय कै अगाडी बिद्यालय तर्फ नै फर्काएर टाँगिएको स्पिकरको चर्को आबाजका कारण बिद्यालय सञ्चालन गर्ने अवस्थै नरहेकोले बिद्यालय बन्द गरिएको जनाएका छन् । आयोजक ले बिद्यालय अगाडी नै बिद्यालय तर्फ फर्काएर दुई वटा स्पिकर राखेका छन् भने बिद्यालय छेउकै दुई तल्लेेएक घर माथि आठवटा स्पिकर जडान गरि चर्को धवनि प्रदुषण गरि रहेका छन् । सोहि घरको पुर्व पनि आयोजकले एउटा‌‌ रुख माथि सात वटा स्पिकर जडान गरेका छन् । आयोजक को धवनि प्रदुषण का कारण गौरीगञ्ज आधारभुत प्राथमिक विद्यालय मात्र हैन कार्यक्रम स्थल छेउछाउ का झण्डै चार वटा विद्यालय को पठनपाठन प्रभावित बनेको छ । कार्यक्रम स्थल देखि झण्डै तिन सय मिटर उतर रहेको गौरीगञ्ज उच्च माबि का प्रधानाध्यापक गोबिन्द प्रसाद घिमिरे का अनुसार स्पिकर को चर्को आबाजका कारण कक्षा सञ्चालन गर्नै समस्या भइरहेको र आयोजकलाई साउण्ड सानो पार्न आग्रह गर्दा समेत कुनै सुनुवाई नभएको गुनासो गरे । आईतबार देखि केहि बिद्यालय हरुमा परीक्षा शुरु हुँदैछ भने शैक्षिक सत्र अन्तिम चरणमा रहेका ले बिद्यार्थी हरुको बार्षिक परिक्षा पनि नजिकिँदै छ ।

घर माथि आठवटा स्पिकर

गौरीगञ्ज गाउँपालिका को शिक्षा शाखा भने यस कुराबाट बेखबर रहेको पाईएको छ । शिक्षा शाखा का अधिकृत केशव भट्टराई लाई यस बारे जिज्ञासा राख्दा ध्वनि प्रदुषणका कारण विद्यालय बन्द रहेको बारे लिखित जानकारी नआएको बताएका छन् । यद्यपि आयोजक को स्पिकर आतँकका कारण केहि बिद्यालय हरुको पठनपाठनमा असर परिरहेको बताएका छन् । “हामीले आयोजकलाई सानो आवाजमा स्पिकर बजाउन आग्रह गरेका हौ, तर आयोजकले अहिले सम्म साउण्ड सानो पारेको छैन ।

रुखमाथि सात वटा स्पिकर

कार्यक्रम आयोजक समिति भित्र केहि बहालवाला शिक्षक हरु समेत रहेका छन् । उनिहरु बिद्यालय बाट बिदा लिएर कार्यक्रम मा खटिएका छन् यद्यपि आयोजक टिमका शिक्षक हरुले समेत ध्वनि प्रदुषणका कारण बिद्यालय हरुमा पर्ने असर बारे बुझ पाईरहेका छन् ।

गौरीगञ्ज गाउँपालिका ले २०७५ सालमै कार्यपालिका बैठक बसेर सार्वजनिक स्थलमा चर्को आवाजमा स्पिकर र डिजे बाजा बजाउन प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । तर आयोजकले गाउँपालिका कार्यालय को गेटै अगाडि कार्यपालिका निर्णय को धज्जि उडाइरहदा समेत गाउँपालिका स्थानीय सरकार निरिह बनेको छ ।

शिक्षा एैन र नियमावली ले बिद्यालय लाई शान्ति क्षेत्रको रुपमा अघि सारेको छ । नियमावली अनुसार बिद्यालय को पठनपाठन मा असर पुग्ने गरि कुनै पनि कार्यक्रम आयोजना गर्न पाईदैन । गौरीगञ्जको स्थानीय सरकार निरिह र कमजोर हुँदा यसले गौरीगञ्जको शैक्षिक क्षेत्रमा विशेष गरि सामुदायिक विद्यालय हरुको गुणस्तर खस्किदै गएको छ ।