धरानमा कोरोना सँक्रमित आमाछोराको मृत्यु

पढ्न समय: 1 मिनेट

१४ भदौ धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे कोभिड १९ अस्पतालमा उपचाररत धरान १७ का काेराेना संक्रमित आमा छोराको मृत्यु भएकाे छ ।
धरान १७ रेल्वे चोकका संक्रमित आमाछोराको ४५ मिनेटकाे अन्तरमा आज बिहान मृत्यु भएकाे हाे । मृत्यु हुनेमा ७४ वर्षीय आमा र ५८ बर्षीय छाेरा रहेका १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बताएका छन् ।

शनिबार साझ ८ : ३७ बजे १ हप्ता देखी ज्वराे, अत्यधिक खोकी र श्वास फेर्नमा समस्यालिएर गम्भिर अवस्थामा आमालाई प्रतिष्ठानमा भर्न गरिएकाे र त्यसकाे करिब २५ मिनेकाे अन्तरालमा साेहि समस्या रहेका छाेरा भर्ना गरिएकाे प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताएका छन् । उनका अनुसार दुबैमा आजै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । आज बिहान साढे ८ बजे मृत्यु ७.४५ बजे छाेराेकाे मृत्यु भएकाे र ८.३० बजे आमाकाे मृत्यु भएकाे सापकोटाले बताएका छन् ।
मृतक दुबै मा मधुमेह को समस्या रहेको बुझिएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्