धनकुटामा ओली माथि आक्रमण

पढ्न समय: 1 मिनेट

मँसिर २८ धनकुटा । संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बिहीबार आक्रमण भएको छ ।

मध्यपहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेश राईले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमण लगत्तै एमाले कार्यकर्ताले राईलाई कुटपिट गरेका थिए । महालक्ष्मी-५ धनकुटाका महेश राईलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -
Ad image


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेको खुलेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्