देशमा बढ्दो सँक्रमण दर: गौरीगञ्जमा छैन साबधानी

बैशाख ५, गौरीगञ्ज ।‌ स्वास्थ्य मन्त्रालय को तथ्याङ्क अनुसार आइतबार एकै दिन १ हजार १५ जनामा कोरोना सँक्रमण फेला परेको हो । यस अघि शनिबार ७ सय ६८ जनामा र शुकमरबार ८ सय ३६ जनामा सँक्रमण देखिएको थियो ।  पछिल्लो समय सयको सँख्यामा झरिसकेको दैनिक कोरोना सँक्रमण दर केहि दिन यता फेरि उकालो लाग्न थालेको छ । झापा लगायत देश भरिनै कोरोना सँक्रमण दर बढ्दै गएको बेला झापाकै सीमावर्ती गाउँपालिका गौरीगञ्जका नाकाहरुमा कुनै साबधानी अपनाइएको छैन । गौरीगञ्जको फत्तेपुर नाकामा हेल्थ डेस्क राखेर वारीपारी आवतजावत गर्ने हरुको तापक्रम नाप जाँच गर्ने गरिए पनि अन्य नाकाहरुबाट भने निर्वाध रुपमा वारीपारी आवतजावत भइरहेको पाईएको छ । बैरिया डाकुपाडा लगायतका केहि सीमावर्ती क्षेत्रका सडकहरुमा सुरक्षाकर्मी परिचालन गरिए पनि आवतजावतमा स्वास्थ्य जाँच नहुदा  गौरीगञ्ज क्षेत्रमा जोखिम बढ्दै गएको छ । मुख्य सडकहरुमा ढाट लाएर वारीपारी आवतजावत गर्न नदिइए पनि सुरक्षाकर्मीहरुले आफै चोर बाटो देखाइ दिने गरेको कुरा स्थानिय हरुले बताएका छन् । फतेपुर, बैरिया र डाकुपाडा लगायत भारतबाट गौरीगञ्ज गाउँपालिका छिर्ने १७ वटा साना ठुला बाटोहरु छन् । ति मध्ये कतिपय बाटोमा सुरक्षाकर्मी हरुको समेत नियमित  निगरानी छैन । प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीका प्रमुख अनुप सेढाई भन्छन् – युके भेरियन्ट प्रजातिका भाइरस पहिलेभनमदा तिब्र गतिमा फैलिन सक्ने क्षमता राख्छ ‌यस अघिका कमजोरी हरुबाट शिक्षा लिदै बिशेष सतर्कता नअपनाए नियन्त्रण बाहिर जान सक्छ । नयाँ प्रजाति ले बेलायतमा पहिलेको भाइरस एक बर्षमा फैलिए जति तिन महिना मै पुगेको छ । नाकाहरु मात्र होइन गौरीगञ्ज कासडक, हाटबजार तथा कार्यालय लगायतका स्थानहरुमा समेत कुनै साबधानी अपनाइएको देखिदैन । गौरीगञ्ज गाउँपालिकाको कार्यालय भित्रै कुनै साबधानी छैन । कार्यालय बाहिर हात धुने ठाउँ छ तर त्यहा न त साबुन छ न त सेनिटाइजर नै । कार्यालय भित्र प्रवेश गर्दासमेत मास्क अनिवार्य गरिएको छैन । कर्मचारीहरु स्वयम् पनि मास्क लाउने गरेका छैनन् । स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र भन्छन् – गत बर्ष को तुलनामा यस बर्ष कमजोरी भएकै हो । साबधानी अपनाइएको छैन, तर छिट्टै सिसिएमसि को बैठक बसेर साबधानी का उपायहरु अबलम्बन गर्नेछौ । तत्कालै भोलिदेखि कार्यालय प्रवेशमा मास्क अनिवार्य गर्दैछौ । केहि दिन यता गौरीगञ्जका ६ वटै वडाहरुमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने र फारम भर्ने टोलि सञ्चालन गरिएको छ उक्त टोलि बसेका केन्द हरुमा समेत सेवाग्राही हरुको अनियन्त्रित भिड हुने गरेको छ । ति केन्द हरुमा न त सामाजिक दुरि कायम गरिएकोछ न त कसैले मास्कको प्रयोग गरेको देखिन्छ । बैँक तथा बितिय सँस्था हरुमा समेत सामाजिक सुरक्षा भत्ता लिन आउने जेष्ठ नागरिक हरुका लागि सुरक्षा को कुनै मापदण्ड पालना गरिएको छैन । हाट बजार निर्वाध रुपमा लाग्दै आएकोमा ति स्थानहरुमा समेत ९० प्रतिशत ले मास्कको प्रयोग गरेको देखिदैन । सिसिएमसिका सँयोजक तथा गौरीगञमज गाउँपालिका का प्रमुख बाबुराजा श्रेष्ठ भन्छन् -तत्काललाई हामीले फतेपुर नाकामा हेल्प डेस्क राखेर वारीपारी गर्ने हरुलाई चेकजाँच गरिरहेका छौ ‌ ।  हामी चाँडै सिसिएमसिको बैठक बसेर केहि साबधानी का उपायहरु अबलम्बन गर्नेछौ ।

अघिल्लो लेखमाअसिना र हावाहुरीले जुरोपानी र कोरोबारीमा लाखौँको क्षति
अर्को लेखमाठेकेदारको लापरवाहीले हुलाकी सडकमा गयो एक युवाको ज्यान