देशभर ६१ प्रतिशत मतदान । ४ जिल्लाका १५ स्थानमा मतदान स्थगित

पढ्न समय: 1 मिनेट

मँसिर ४, काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देश भर ६१ प्रतिशत मतदान भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए ।
सुर्खेत, नवलपरासी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको कुरा आयोगले जनाएको छ ।‌

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्