देउबाको ठाट : सिँगापुरमा उपचार बैँककमा फलोअप
काग्रेस सभापती शेरबहादुर देउबा हेल्थ फलोअपका लागि हिजो आइतबार बैँकक उडेपछी पार्टी बृतमा समेत उनको यो यात्राको चर्चा र आलोचना शूरु भएको छ । उनि केहि समय अघि पेट र आँखाको उपचारका लागि सीँगापुर गएका थिए । तर यस पटक फलो अपका लागि बैँकक गएपछी पार्टी नेताहरुले नै उनि माथि प्रश्न गरिरहेका छन् ।
सामान्यतया जहाँ उपचार गरिन्छ हेल्थ फलो अप पनि त्यहि अस्पतालमा गरिन्छ । तर सिँगापुरमा उपचार गरेर फलो अप गर्न बैँकक गएपछी यो यात्रालाइ शँकाको दृष्टीकोणले हेरिएको छ ।
बैँकक जानु अघि गत बिहिबार समसामयिक छलफल गर्न केहि काँग्रेस नेताहरु बुढानिलकण्ठ पुगेका थिए । उनीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्दाका सजिला–अप्ठेरा सुनाए । पछिल्ला दिनमा गठबन्धनभित्रबाट हुने नियुक्ति, सरुवा, बढुवा आदिमा ओली एकछत्र हाबी भइरहेको भन्दै कांग्रेसजस्तो संसदको पहिलो पार्टीले साझेदारीलाई कसरी अगाडि बढाउँछ भनेर सोधे । नेताहरूले गभर्नर, पुलिसका उच्च अधिकारीलगायत नियुक्तिदेखि अब छिट्टै हुने निर्वाचन आयोगको प्रमुख आयुक्तसम्मै ओलीका रुचिले बढ्ता काम गरेको गुनासो गरेका थिए ।
देउवाले थुम्थुम्याउँदै भने, ‘एउटै पार्टीभित्र त नियुक्ति, बढुवा आदिमा कत्रो लफडा पार्छन्, यो त गठबन्धन हो । धेरै यताउता हुँदैन, अलिअलि चित्त बुझाउनुपर्छ । ओलीजीको शैली पनि त छ आफ्नै खालको ।’
त्यसै क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई सोधे, ‘सभापतिज्यू, तपाईंले सरकारको आयुबारे जति ढुक्क पार्न खोजे पनि यो बीचमा काठमाडौंमा भइरहेका विभिन्न खालका भेटवार्ता, उठबसबारे तपाईंलाई जानकारी नहुने कुरै भएन । यही बेला तपाईं बैंकक जाँदै हुनुहुँदो रहेछ । के छ बैंककमा ?’
‘केही छैन यार । स्वास्थ्यको फलोअप । त्यत्ति हो ।’
शर्माले अरु कोट्याए, ‘यसअघि त तपाईं सिंगापुरमा उपचार गराउन जानुभएको थियो, अनि फलोअप चाहिँ बैंककमा ?’
देउवा हाँसे । कुनै ठोस जवाफ दिएनन् । ‘स्वास्थ्यको कुरा हो, डाक्टरको कुरा हो । यस्तो भइहाल्छ नि । तपाईंहरू पनि बुढो भएपछि थाहा पाउनुहुन्छ,’ देउवाले ठट्टा गर्दै भने ।
पूर्वी एशियाली देश थाइल्याण्डको राजधानी शहर बैंकक ओखती उपचार र आरामका लागि चर्चित छ जहाँ देउवाले १२ वैशाखसम्म अर्थात् झण्डै एक साता बिताउने छन् ।
देउवाले यति बेला जनता राजनीतिक अस्थिरता र अव्यवस्थाले दिक्क बनेका बेला थप अस्थिरता सिर्जना गर्न नहुने भन्दै पार्टीपंक्तिलाई जिम्मेवार भएर सोच्न सम्झाइरहेका पनि थिए । तर स्वास्थ्यको विलकुल मानवीय संवेदनासँग जोडिने चासोलाई चिकित्साशास्त्र भन्दा राजनीतिशास्त्रसँग जोडेर शंका गर्ने आधार भने अरु कोही नभई उनै देउवाले दिइरहेका छन्, जसबारे कांग्रेसभित्र पनि चासो छ ।
एमाले लगायत इतर–कांग्रेसवृत्तमा पनि कम्ति चासो छैन । हुन पनि जहाँ उपचार हुनेगर्थ्यो, फलोअप हुने त्यहीँ हो । तर यहाँ अस्पतालमात्र होइन देशकै फरक परिदियो जसबारे देउवाले पार्टीभित्र–बाहिर प्रष्ट पारेका छैनन् ।
खासमा देउवा आफ्नी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा, जो अहिलेको कांग्रेस–एमाले गठबन्धनको एक मुख्य डिजाइनर हुन्, उनी एउटा कार्यक्रमका सिलसिलामा आइतबारै बैंकक उड्नुपर्ने थियो ।
उनीसँगै बैंकक जाने समय मिलाएर देउवा छोरा जयवीरसिंहलाई समेत लिएर उडेका हुन् । पारिवारिक समय तथा आराममात्रै मान्न सकिने अवस्था किन छैन भने बुहारी शिवाना लगायत सदस्य त्यहाँ गएका छैनन् । भ्रमणलाई मूलतः राजनीतिक र अनौपचारिक प्रयोजनसँग जोड्न खोजिएको छ ।
यसरी देउवा दम्पत्ती र छोरा जयवीर आइतबार बैंकक गएका छन् । यो यात्रालाई कांग्रेसले सामान्य र नियमित भ्रमणका रुपमा अर्थ्याउन खोजेको छ । यद्यपि पार्टीभित्रका केही उच्च अधिकारी र पूर्वपदाधिकारीले भने देउवाको यात्रालाई स्वास्थ्य भन्दा अरु नै केही प्रयोजनसँग जोड्न खोजिरहेका छन् । खासगरी काठमाडौंमा सत्ता ढलपल हुने हो कि भन्ने आशंकाबीच यो भ्रमण हुन गइरहेको छ ।
अनलाइनखबर डटकमबाट सँपादित रुपमा