
४ साउन गौरीगञ्ज । गएराति मोटरसाइकल दुर्घटनामा परी नेपाल बहुउद्देश्यीय सहकारी (एनएमसी ) का गौरीगञ्ज शाखाका कार्यालय प्रमुख प्रदीप लम्सालको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नँ ६ घर भएका लम्साग गए राति पुर्व बाट पश्चिम तर्फ गइरहेको अबस्थामा झापाको केर्खामा उनको मे १० प ९८२६ नँबरको मोटरसाइकल सडकमा रहेको राँगा सँग ठोकिएर दुर्घटना भएको कुरा इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घाइते भएका मोटरसाइकल चालक लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय धर्मेन्द्र सुवेदी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गएिको छ। मृतक लम्साल झापा गाउँपालिका–६ का बासिन्दा हुन्। उनी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख र घाइते सुवेदी शिवगञ्ज शाखाका प्रमुख थिए।
दुर्घटनामा परी उनको मृत्यु भए लगतै एनएमसीले एक सुचना जारी गर्दै आज आइतबार गौरीगञ्ज शाखा पुर्ण रुपमा बन्द रहने र अन्य शाखाहरु मा दिउसो १:३० बजे सम्म कारोबार हुने जनाएको छ ।
