
दुर्घटनामा घाईते बालकको उपचारका क्रममा मृत्यु
चैत ३ झापा । झापाको शिवसताक्षी ११ दुधेमा गत चैत्र १ गते बेलुकी दुर्घटनामा परेर घाईते भएका १२ बर्षिय एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी ९ का फणिन्द्र खनालका छोरा १२ बर्षिय आदर्श खनाल रहेका छन् । उनलाई दुधे–शिवगञ्ज सडक खण्डमा बेलुकी ५ बजे प्र. १ –०१–००१ च ८१५० नम्बरको टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते बालकको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
निष्कर्ष न्युज