फागुन १७, गौतीगञ्ज । प्रलोभनमा परेर भिजिट भिसामा दुबइ गई अलपत्र परेका गौरीगञ्जका ८ सहित का दस युवा ४२ दिनपछि बल्ल घर फर्किएका छन् । आफन्त तथा परिवारको सहयोगमा उनिहरु आफ्नो घर फर्किएका हुन् । उनिहरुलाई माघको पहिलो हप्ता गौरीगञ्ज कै स्थानीय सञ्जय महतोले दुबइमा काम लगाई दिने बिभिन्न प्रलोभन देखाएर भिजिट भिसामा दुबइ पठाएका थिए ।

गौरीगञ्ज वडा नँ ३ का स्थानीय सञ्जय महतोले उनिहरुको भिजिट भिसालाई वर्किङ् भिसामा परिणत गरि मासिक १२ सय ७५ रियाल तलब हुने ग्यास प्लान्ट मा काम लगाईदिने, ५ महिना पछी १ महिना छुट्टी हुने, घर आउन जान कम्पनी ले नै टिकटको व्यवस्था गरिदिने जस्ता प्रलोभन देखाई प्रत्येक युवाहरु बाट जनहि रु २ लाखका दरले रकम लिइ अबैध रुपमा भिजिट भिसामा दुबइ पठाएका थिए ।

तर दुबइ पुगेर भिजिट भिसाको म्याद सकिन लाग्दा समेत भने जस्तो काममा नलगाएको, आफुहरु सहित लगभग ३५ जना मानिसहरुलाई एउटा साँघुरो कोठामा बन्धक जस्तो बनाएर राखेको, समयमा खाना पनि खान नदिएको, रिटन टिकट पनि क्यान्सिल गरि आफुहरुलाई बिचल्लि मा पारेको कुरा पिडित मध्ये का एक नुर महम्मद ले ह्वाट्सएपमा गौरीगञ्ज दर्पण सँग कुरा गर्दै बताएका छन् ।

भिजिट भिसामा दुबइ पठाउने सञ्जय महतो

गौरीगञ्ज ३ नुर महम्मद, दिपक सह, वडा नँ ६ का मोहम्मद शाहजाद आलम, महम्मद समिम हुसेन, मोहम्मद मोहम्मद मुन्ना, मोहम्मद नजिम, राकेश यादब, धिरज कुमार यादव, मोरँग रतुवामाई का मोहम्मद आजाद र नसिम आजाद दुबइमा अलपत्र परेका थिए ।

भनेजस्तो काम नपाएपछि पिडितका आफन्तहरु ले अलपत्र परेका युवाहरु लाई घर फिर्ता बोलाईदिन पिडक महतोलाई आग्रह गरेका थिए । यस बिषयमा गत फागुन २ गते र १४ गते ईलाका प्रहरी कार्यालय मा पिडितका आफन्त र पिडक बिच छलफल समेत चलाएको थियो ।‌ सो छलफलमा उनिहरुले आफ्ना छोरा हरुलाई भने जस्तो काम मा नलगाएको र गर्नै नसकिने काममा जबरजस्ती लगाएको, गर्न नसकिने काममा नजाँदा त्यहाँका एजेन्टले कोठाबाट निकालि दिएर यातना दिएको आरोप लगाएका थिए भने पिडक महतोले आफुले उनिहरुलाई काममा लगाउन खोजेको तर उनिहरुले काममा जान मन नगरेको, गएपनि भागेर आएको बताएका थिए ।

अलपत्र परेका हरु सकुशल घर फर्किए पछी उनिहरुका आफ्ना हरुले पिडक सञ्जय महतो लाई पक्राउ गरि पिडित हरुबाट लिएको रकम फिर्ता गर्न माग गरेका छन् । आफन्त हरुले मँगलबार ईलाका प्रहरी कार्यालय गौराीगञ्ज मा भेलाे भइ प्रहरी सँग सो माग गरेकोमा प्रहरी ले सो कुरा आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने बताए पछी आफन्त हरु आक्रोशित बनेका थिए । पिडक महतोलाई प्रहरी कार्यालयमा बोलाएर छलफल चलाइदिन माग गर्दा महतोले आफुहरुलाई नटेर्ने गरेको गैरजिम्मेबार पुर्ण जवाफ प्रहरी ले दिएको पिडित हरुको गुनासो छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय गौराीगञ्ज का प्रहरी निरीक्षक राकेश रेग्मी सँग कुरा गर्दा बैदेशिक रोजगारीको ठगि सम्बन्धि मुद्दा जिल्ला प्रशासन वा श्रम कार्यालयले हेर्ने हुँदा सो अधिकार आफुलाई नभएको र छलफल का लागि महतोलाई बोलाई दिन सकिने कुरा बताएका छन् ।

सम्बन्धित समाचार –