दुइ भन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्साहन

पाल्पाको रिब्दिकोट गाउँपालिकामा स्थानीय जनशक्ति कम हुन थालेपछि गाउँपालिकाको एउटा वडाले गाउँमा दुइ भन्दा बढि सन्तान जन्माउन प्रोत्साहन गर्ने भएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नं–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रू पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो । आउदो साउन १ गते देखि लागू हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा रू पाँच हजार प्रोत्साहनस्वरुप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

अघिल्लो लेखमालामो समयपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै
अर्को लेखमागौरीगञ्ज गाउँपालिकाले ल्यायो नयाँ एम्बुलेन्स